आइतबार, साउन १७, २०८३

एएफसी यू–२३ छनाेटका लागि खेलाडी छनाेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटमा सहभागी हुने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए। छनोटका खेल यही चैत ७ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी, हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दीप कार्की छन् । टोलीको मुख्य प्रशिक्षक महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ छन्।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले बलियो टोली कतार, ओमान र अफगानिस्तानसँग खेल्नेछ। नेपालले पहिलो खेल ओमानसँग चैत ७ गते, दोस्रो खेल ९ गते कतार र अन्तिम खेल ११ चैतमा अफगानिस्तानसँंग खेल्नेछ। छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनसिप खेल्नेछ। नेपाली टोली चैत ५ गते त्यसतर्फ प्रस्थान गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।