बुधबार, चैत २५, २०८२

बार्सिलोनाले युनाइटेड र युभेन्ट्सले आयाक्सको सामना गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल चरणको ड्र शुक्रबार सार्वजनिक गरेको छ । ड्र अनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । 

त्यस्तै लिगको अर्को दाबेदार टोली इटालियन क्लब युभेन्ट्सले आयाक्सको सामना गर्नेछ । पछिल्लो सिजन उपविजेतामा सिमित भएको लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्नेछ । अर्को खेलमा दुई इंग्लिस टोली आमने-सामने हुँदैछन् । टोटेनहम हट्सपर र म्यानचेस्टर सिटीले एकआपसमा खेल्नेछन् । 

बार्सिलोनाले लियोनलाई पराजित गर्दै शीर्ष आठमा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको थियो । युभेन्ट्सले एटलेटिको म्याड्रिडलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो । 

आयाक्स साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्टोले एएस रोमालाई हराएका थिए । त्यस्तै टोटेनहमले बोरुसिया डर्टमुन्ड र सिटीले साल्केलाई पराजित गरेका हुन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोटेनहम र सिटीको विजेताले आयक्स र युभेन्ट्सको विजेतासँग खेल्नेछ । बार्सिलोना र युनाइटेडबीच खेलको विजेताले लिभरपुल र पोर्टोको खेलको विजेतासँग फाइनल प्रवेशका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९र१० मा हुनेछ । यस्तै दोस्रो लेग १६/१७ अप्रिलमा हुनेछ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।