बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट : प्रशिक्षक खड्का

नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट : प्रशिक्षक खड्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै सबै भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् । शनिबार बंगलादेशविरुद्व हुने खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका हुन् ।

‘स्ट्राइकरले आफ्नो क्षमता अनुसार मात्र खेलेमा टोलीलाई पुग्ने छ । र हामीले सजह जित निकाल्ने छौ ।’ मुख्य प्रशिक्षक खड्काल भने, ‘टिम सन्तुलित पाएको छु । मैदानमा र बेन्चमा बस्ने सबै खेलाडी उत्तिकै अब्बल छन् ।’ 

उनले बंगलादेशविरुद्व जितका लागि आक्रमक फुटबल खेल्दै क्लिनचिट लियर समूह चराण पुरा गर्ने बताए । प्रशिक्षक खड्काले बंगलादेशविरुद्धको खेलका लागि तयारी पुरा भइसकेको समेत जानकारी दिए । 

‘बंगलादेशविरुद्व जितको लागि खेल्नेछौ । हामी अट्याकिङ र अलाउट फुटबल खेल्छौ । समूह चरणमा क्लिचिट लिँदै समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछौ ।’ मुख्य प्रशिक्षक खड्काले भने, ‘बंगलादेश महिल फुटबलमा उदाउँदो राष्ट्र हो । दक्षिण एसियामा नेपाल, बंगलादेश र भारत शक्तिीशाली राष्ट्र हुन् । नेपालले आफुलाई स्थापित गरि सकेको छ ।’

उनले थपे, ‘त्यसैले बंगलादेशविरुद्वको रणनिती तयार पारि सकेको छु । बंगलादेशले भुटानसँग खेल्दा उसको बलियो र कमजोर पक्ष पत्ता लगाएका छौ । आफ्नो आक्रमक फुटबलसँगै उसको कमजोर पक्षमा हाम्रो बलियो पक्ष देखाउँदै सहज जित निकाल्छौ ।’ प्रशिक्षक खड्काले बंगलादेशविरुद्वको खेलमा एक वा दुई परिर्वतन हुन सक्ने बताएका छन् ।

नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताईन् । टिम सबै पक्षमा उत्कृष्ट रहेको बताउँदै उनले प्रशिक्षकको निर्देशनलाई बंगलादेशविरुद्वको खेलमा उतार्ने दाबी गरिन् ।

सधैजसो बंगलादेशमाथि हाबी देखिएको नेपालले पछिल्लो भेटमा भने १-१ को बराबरी खेलेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक छनोटको पहिलो चरणमा  दुबै टोलीले बराबरी खेलेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।