आइतबार, साउन १७, २०८३

चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी डाइनामो किभलाई पराजित गर्दै युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा डाइनामो किभलाई ५-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा ३-० को जित निकालको चेल्सीले दोस्रो लेगमा ५-० को जित निकाल्र्द समग्रहमा ८-० को जितसहित चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । चेल्सीको जितका लागि ओलिभर जेरुडले ह्याट्रिक गरे । 

त्यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे । खेलको पाँचौ मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।  खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को अग्रता बनायो ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । ७८ औं मिनेटमा हुडसनले गोल गर्दा चेल्सीले ५-० गोलको फराकिलो जित निकालेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।