बुधबार, चैत २५, २०८२

‘साफ’मा असफल भुटान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नियमित प्रतिद्वन्द्वी राष्ट्र हो भुटान । सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो साफ महिला च्याम्पियनसिप देखी नेपालको विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्यम्पियनसिप सम्म भुटानी महिला राष्ट्रिय फुटबल टोलीले सहभागिता जनाउदै आएको छ । तर, भुटानले कुनै पनि संस्करणमा समूह चरण पार गर्न सकेको छैन् । यती सम्मकी साफको पाँचौ संस्करण सम्म १४ खेल खेल्दा समेत कुनै एक खेल समेत जित्न सकेको छैन् । 

भुटानले १४ खेलमा १ खेल बराबरी खेलेको छ भने बाँकी १३ खेलमा नराम्रो पराजय भोगेको छ । यसै कारण पनि सायदै दावाका साथ भन्न सकिन्छ की भुटान दक्षिण एसियाली राष्ट्र मध्यमा सबैभन्दा कमजोर राष्ट्र हो । 

पहिलो संस्करणको साफमा तीन खेल खेलेको भुटानले दुईमा नराम्रो हार व्यहोरेको थियो भने एक खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । उक्त संस्करणमा भुटानले प्रतियोगिताभरी एक गोल गर्दा २८ गाले खान पुगेको थियो । आफ्नो पहिलो खेलमा भारतसँग १८-० ले पराजित भएको भुटान दोस्रो खेलमा बंगलादेशसँग ९-० ले पराजित भए । 

सन् २०१२ मा सम्पन्न दोस्रो संस्करणमा तीन खेल खेल्दा तीन वटै खेल गुमाएको भुटानले पहिलो खेलमा नै श्रीलंकसँग ४-० ले पराजति भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग १-० ले पराजति भएको भुटान तेस्रो खेलमा भारतसँग ११-० को फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । 

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा समूहका तीन खेल खेलेको भुटानले तीन वटै खेल गुमाउन पुग्यो । पहिलो खेलमा नेपालसँग ८-० को फराकिलो अन्तरले पराजित भएको भुटान दोस्रो खेलमा श्रीलंकासँग ३-० र आयोजक पाकिस्तानसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । 

सन् २०१६ मा भारतमा आयोजना भएको चौथो संस्करणमा पनि तीनवटै खेल गुमाएको भुटान आफ्नो पहिलो खेलमा नेपालसँग ८-० ले पराजित भयो । दोस्रो खेलमा श्रीलंकासँग २-० ले पराजित हुदा तेस्रो खेलमा माल्दिभ्ससँग ३-१ ले पराजित भएको थियो ।

पाँचौ संस्करणमा पनि भुटान दुई खेल खेल्दै दुबै खेलमा पराजय भोग्दै समूह चरणबाट बाहिरियो । पहिलो खेलमा आयोजक नेपालसँग ३-० ले पराजित भएको भुटान दोस्रो खेलमा बंगलादेशसँग २-० ले पराजित हुदै घर फर्कियो । पाँचौ संस्करणसम्म आईपुग्दा सम्म भुटानी राष्ट्रिय महिला फुटबल टिम साफको सबै भन्दा कमजोर टिम हो । 

साफमा एक खेलमा पनि जित निकाल्न नसकेको भुटानले त्यसका लागि अझै लामो समय पर्खनु पर्ने देखिन्छ । पछिल्लो समय घरेलु फुटबलमा भुटानले ठुलो परिवर्तन गरेको छ । दक्षिण एसियाको भुटानी पुरुष टिमले गरेको प्रर्दशन र प्राप्त नतिजाले त्यसलाई प्रमाणित गर्दछ । तर त्यसको प्रभाव भने महिला टिममा देखिएको छैन । यसले कति समय लिन्छ, त्यो भने यसै भन्न सकिने आधार छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।