बुधबार, चैत २५, २०८२

एक खेल अगावै नेपाल र बंगलादेश सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- बिहिबार भएको खेलमा बंगलादेशले भुटानलाई पराजित गरे पछि नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । शहिद रंगशालामा भएको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि नेपाल र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा नेपालसँग ३-० ले पराजित भएको भुटान दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ४६ औं मिनेटमा मिश्रात जहान मौसुमिल गोल गर्दै सुरुवाती अग्रता दिलाईन । उनले मोनिका चक्माको कर्नर प्रहारलाई नियन्त्रणमा लिदै गोल गरेकी हुन । ८५ औं मिनेटमा कप्तान सबिना खतुनले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाईन ।

सुरुवाती समय देखी भुटानमाथि दबाब राखे पनि बंगलादेशले पहिलो हाफमा कुनै गाले गर्न सकेन् । पहिलो हापको अधिकांस समय भुटानको पोस्टमा लगातार बल प्रहार गरेपनि गोल गर्न भने सकेन । 

खेलको १२ औं मिनेटमा मोनिका चक्माको लामो पासमा सिरात जहान सोप्नाले बललाई नियन्त्रणमा लिदै गरेको प्रहार करसरबार भन्दामाथीबाट बाहितिएको थियो । १५ औं मिनेटमा मोनिका चक्माले करिब ३५ याडबाट गरेको प्रहारले दिशा लिन सकेन । 

२३ औं मिनेटमा डि-बक्स भित्र सबिना खतुनले दिएको पासमा सिरातले गरेको प्रहार भुटानकी गोलरक्षक सङ्गिता मोङ्ग्रेले बचाउ गरिन । २९ औं मिनेटमा मारिया मन्डाले पोस्टमा गरेको सोझो कर्नर प्रहारमा बंगलादेशका कुनै पनि खेलाडीले बल छुन नसक्दा अग्रता लिनबाट चिकेको थियो । 

४० औं मिनेटमा करिब ३० याडबाट कप्तान सबिनाले गरेको प्रहार करसरबारको केहि माथीबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै सबिनाले नै डि-बक्स नजिकैबाट गरेको प्रहार गोलरक्षकले बचाउ गरिन । पहिलो हाफको इन्जुरी समयमा सिरातले डि-बक्स भित्रबाट गरेको प्रहार बाहिरिएको थियो । 

७३ औं मिनेटमा भुटानी खेलाडी सोनम चोडेनले गरेको कर्नर प्रहारमा अर्का खेलाडीले गरे गरेको प्रहार कर्सरबार्को केहि माथिबाट बहिरिएको थियो । ८१ औं मिनेटमा तोहुरा खतुनले गरेको डि-बक्स भित्रको प्रहार गोलरक्षक सङ्गिताले उत्कृष्ट बचाउ गरिन । 

अब बंगलादेशले आइतबार नेपालको सामना गर्ने छ । नेपाल र बंगलादेशबिचको विजेता टोलिबाट समुह ए को विजेता टोलिको टुंगो लाग्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।