बुधबार, चैत २५, २०८२

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियरलिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलका अन्तिम १६ को दोस्रो लेगमा बार्यन म्युनिखलाई ३-१ ले पराजति गर्दै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुलले बार्यनसँग गोलरहित बराबरी खेलेको थियो । तर, अवे मैदानमा ३-१ को जित निकाल्दै लिभरपुल शीर्ष ८ मा लगातार दोस्रो पटक पुग्न सफल भयो । 

बार्यन म्युनिखको घरेलु मैदान एलिनाज स्टेडियममा लिभरपुललाई जिन दिलाउन साडियो मान दुई तथा भर्जिल भान डेजकले एक गोल गरेका थिए । बार्यनले एक गोल आत्मघाती उपहार पाएको थियो । 

खेलको २६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । तर, ३९ औं मिनेटमा  लिभरपुलका जोएल माटिपले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो । 

पहिलो हाफमा १-१ को बराबरीमा सहिएको खेलको दोस्रो हाफमा लिभरपुललेथप दुई गोल गर्यो । ६९ औ मिनेटमा भर्जिल भान डेजकले गोल गर्दै लिभरपुललाई पुन २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ८४ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको क्वाटरफाइनलको यात्रा यात्रा सुनिश्चित गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।