बिहीबार, असोज ८, २०८३

युवा क्रिकेट टोली भारत जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल तस्बिर
 
काठमाडौं- नेपाली यू-१९ क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोटको तयारीका लागि  गर्न टोली भारतको आन्ध्र प्रदेश जाने मुख्य प्रशिक्षक बिनोद दासले जानकारी दिए ।

नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको रणजी खेलेका टिम र प्रदेशको यू-१९ टोलीसँग अभ्यास खेल खेल्ने छ । तर, भारत भ्रमणको मिति भने केहि दिनमा तय हुने मुख्य प्रशिक्षक दासले बताएबा छन् । 

एसिया छनोट अप्रिल दोस्रो साताबाट सुरु हुने छ । एसिया छनोटको विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकप खेल्न पाउने छ । एसिया छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।