बिहीबार, असोज ८, २०८३

सिटीले हान्यो शाल्केको पोस्टमा आधा दर्जन बढी गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको क्याटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरयलाइनलको दोस्रो खेलमा ७-० गोल अन्तरको फराकिलो जित निकाल्दै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा ३-२ ले अग्रता थिएको सिटीले दोस्रो लिगमा थप ७ गोल गर्दै समग्रहमा १०-२ को जित निकालेको हो । पहिलो हाफमा ३-० ले अग्रता लिएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्यो । 
Image result for man city
सिटीको जितका लागि सर्जियो अग्युरोले दुई तथा लिरोय साने, रहिम स्टर्लिङ, बेर्नाल्डो सिल्भा, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे । खेलको ३५ औ मिनेटमो सर्जियो अग्युरोको पेनाल्टी मा गोल गर्दै घेरलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसको तीन मिनेट नबित्दै अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ४२ औ मिनेटमा लिरोय सानेले सिटीको अग्रता तेब्बर पारे । 

५६ औ मिनेटमा रहिम स्टर्लिङ, ७१ औ मिनेटमा बेर्नाल्डो सिल्भा, ७८ औ मिनेटमा फिल फोडिन र   ८४ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीलाई ७-० को फराकिलो जित दिलाए । प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।