बुधबार, चैत २५, २०८२

मुख्यमन्त्री कप उद्घाटन खेल बारेमा आयोजकलाई नै जानकारी छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी – बुधबारदेखि सुरु हुने प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको उद्घाटन खेल कसकाबीचमा हुने भन्ने बारेमा आयोजकलाई नै जानकारी नभएको पाइएको छ। बुधबारदेखि प्रतियोगिता सुरु हुने भनिए पनि मंगलबार बेलुकीसम्म खेल तालिका नै तयार नभएको पाइएको हो।

खेलकुद प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारले खेलतालिका बारे प्रश्न गर्दा आयोजक रनभुल्लमा परे। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा  बुधबारदेखि क्रिकेट र फुटबलका खेलहरु सुरु हुने मन्त्रालयका सचिव गोगन हमालले जानकारी दिए। 

आयोजक सामाजिक विकास मन्त्रालयलाईसमेत बुधबारदेखि खेल सुरु हुने भएपनि उद्धघान खेल कस्को हुने भन्ने विषयमा जानकारी छैन्। मन्त्रालयका सचिव हमालले २ नम्वर प्रदेशबाट पुरुष खेलाडी मात्रै आएका र महिला खेलाडी पठाउने विषयमा विवाद देखिएकाले खेल तालिका अहिलेसम्म बनाउन नसकेको बताए। प्रतियोगिताको प्राविधिक समितिका एक जना सदस्यले भने अहिलेसम्म पनि कुन प्रदेशबाट कुन खेलका खेलाडीहरु आउने हुन भन्ने विषयमा सबै जानकारी प्राप्त नभएकाले खेल तालिका बनाउन नसकिएको बताए। 

प्रतियोगिताका खेलहरु मंगलबारदेखि सुरु भएपनि उद्घाटन भने चैत १ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिता सुरु नहुँदै बिबादमा परिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।