आइतबार, साउन १७, २०८३

रोनाल्डोको अग्नी परिक्षा आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- च्याम्पियन्स लिग फुटबलको फ्रि-क्वाटरफाइनलको दास्रो लेग अन्तर्गत आज (मंगलबार) राति इटालिएन सिरी ए क्लब युभेन्ट्सले एट्लेटिको मड्रिडको सामना गर्दै छ । खेल युभेन्ट्सको घरेलु मैदानमा राती १:४५ बजे सुरु हुनेछ ।

प्हिलो लेगमा पराजय भोगेको युभन्ट्सलाई घरेलु मैदानमा जित्नै पर्ने दबाब छ । यो खेल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अग्नि परिक्षा पनि हो । युभेन्ट्समा च्याम्पियन्स लिगको उपाधि उचाल्ने योजना बनाएका रोनाल्डोले यो खेल फाराकिलो अन्तरले जित्नै पर्ने दबाब छ । 

किनकी युभेन्ट्स पहिलो लेगमा एट्लेटिकोसँग २-० गोल अन्तरले पराजित भएको छ । युभेन्ट्सलाई क्वाटरफाइनलमा स्थान बनाउन उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ । क्वाटरफाइनलमा स्थान बनाउन युभेन्ट्सलाई कम्तिमा गोल नखाई ३-० को जित निकाल्नु पर्नेछ ।

यता, घरेलु मैदानको जितले हौसिएको एट्लेटिकोले आफ्नो अग्रता कायम राख्दै अन्तिम आठको यात्रा तय गर्न चाहन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।