सोमबार, साउन १८, २०८३

साफ च्याम्पियनसिप : नेपालको सुखद सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- मंगलबारबाट सुरु भएको पाँचौ साफ महिला च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । विराटनगरस्थित शहिद रंगशालमा सम्पन्न खेलमा भुटानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको हो । 

नेपालको जितका लागि मन्जली कुमारी योन्जन, साबित्रा भण्डारी र कप्तान निरु खड्काले समान एक एक गोल गरे । पहिलो हाफमा २-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । 

खेलको १३ औं मिनेटमा मन्जलीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । सुरुवाती समय देखीनै भुटानमाथि दबाब सृजना गरेको नेपालका लागि मन्जलीले रिबाउन्डबाट आएको बलालाई दिपा राईले पास उपलब्ध गराएको बलको उत्कृष्ट गोल गरेकी हुन् । 

त्यसको तीन मिनेट नबित्दै स्ट्राइकर साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारीन् । उनले मन्जली कुमारीको पासमा भुटानका डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै सहजै गोल गरेकी हुन् । ५४ औं मिनेटमा राइट कर्नरबाट मन्जलीले गरेको लङ्ग पासमा साबित्राको हेडरलाई कप्तान निरुले वान टच गोल गरेकी हुन् । 

त्यसअघि २९ औं मिनेटमा साबित्राले प्रहार गरेको बलले दिशा लिन सकेन् । ४३ औं मिनेटमा करिब ३३ याडबाट मन्जलीले गरेको प्रहार भुटानकी गोलरक्षक सान्गिता मोन्गेरले बचाउ गरिन् । 

५० औं मिनेटमा भुटानका खेलाडीले अनिता बस्नेतलाई फाउल गरे पछि करिब २५ याडमा पाएको साबित्राको फ्री-किक प्रहारलाई भुटानकि गोलरक्षक सङ्गिताले बचाउ गरिन । ५३ औं मिनेटमा अनिताको वन भर्सेस वनको स्थितिमा गरेको प्रहारले दिशा लिन सकेन ।

 त्यस्तै ६७ औं मिनेटमा साबित्राको प्रहारलाई भुटानकी गोलरक्षकले बचाउ गरिन् । अब नेपालले आफ्नो खेल १६ मार्चमा बंगदेशसँग खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।