बुधबार, चैत २५, २०८२

पहिलो हाफमा नेपालको २-० को अग्रता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- पाँचौ साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफमा नेपालले भुटानविरुद्ध २-० को अग्रता लिएको छ । विराटनगरको शहिद रंगशालमा सुरु भएको खेलमा नेपालले खेलको १३ औं मिनेटमा सुरुवाती अग्रता लिएको हो ।
 
सुरुवाती समय देखीनै भुटानमाथि दबाब सृजना गरेको नेपालका लागि मन्जली कुमारी योन्जनले गोल गरेकी हुन् । उनले रिबाउन्डबाट आएको बलालाई दिपा राईले पास उपलब्ध गराएको अलको उत्कृष्ट गोल गरेकी हुन् । 

त्यसको तीन मिनेट नबित्दै स्ट्राइकर साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारीन् । उनले मन्जली कुमारीको पासमा भुटानका एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै सहजै गोल गरेकी हुन् । 

त्यसपछि २९ औं मिनेटमा साबित्राले प्रहार गरेको बलले दिशा लिन सकेन् । ४३ औं मिनेटमा मन्जलीले नै पाएको अवसरलाई सदुपयो गर्न सकिनन् । निकैनै सवासर प्राप्त गरेपनि नेपालले पहिलो हाफमा थप गोल गर्न भने सकेन् । तर, यता भुटानले भने नेपालको पोस्टमा कुनै पनि अवसरको सृजन गर्न सकेन् ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।