एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता अनुसार अल्बा अब बार्सिलोनामा ३० जुन २०२४ सम्मका लागि रहने छन् ।
उनले बार्सिलोनासँग ५ बर्षे नयाँ सम्झौता गरेका हुन् । स्पेनिस ला लिगमा १० बर्ष बिताएका अल्बाले बार्सिलोनामा मात्र शीर्ष तहबाट सात बर्षमा खेली रहेका छन् । सन् २०१२-१३ को सिजनमा भ्यालेन्सियाबाट बार्सिलोना पुगेका उनले क्लबमा रहदाँ १४ उपाधि जितेका छन् ।
जारी सिजनमा उनले ला लिगाका २६ खेल खेल्दै एक गोल समेत गरेका छन् । उनले हाल सम्म बार्सिलोनामा लागि सबै खाले २ सय ८४ खेल खलेका छन् । जसमा उनले १४ गोल समेत गरेका छन् ।

बार्सिलोनाका लेफ्ट ब्याक समेत रहेका अल्बा लियोनल मेस्सीका उत्कृष्ट सहकर्मी हुन् । खेलको सुरुवातबाट उनले मेस्सीलाई गोलका लागि २० पासको सहयोग गरेका छन् ।अल्बाले सम्झौता नविकरण भएपछि आफु बार्सिलोनाका धेरै खुसि भएको बताएका छन् ।
‘म क्लब प्रति धेरै आभारी छु । जुन मेरा लागि यो ब्रान्ड धेरै खास छ ।’ अल्बाले भने, ‘म मेरो सबैै खेल चरित्र र प्रदर्शन अझै देखाउन चाहन्छु ।’ उनले थपे, ‘म लामो समय देखी यसै क्लबमा छु र मलाई विश्वास गरेकोमा क्लबलाई धेरै धेरै धन्यावाद छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४