एजेन्सी- स्पेनिस क्लब रियल मड्रिडले आफ्ना पुर्व खेलाडी तथा प्रशिक्षक जिनेदान जिदानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ४६ बर्षीय फ्रान्सेली प्रशिक्षक जिदानलाई रियलले पुनः क्लबमा अनुबन्ध गरेको हो ।
जिदान क्लब छाडेको १० महिनापछि पुनः रियल फर्किदै क्लबसँग २०२२ सम्मको सम्झौता गरेको छ । जारी सिजनमा खराब प्रदर्शन गरि रहेको रियलले प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको हो ।
रियलले सामाजिक संजालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए ।
२०१४ देखी २०१८ सम्म रियलमा चार सिजन बिताउदा जिदान निकै नै सफल प्रशिक्षकको रुपमा स्थापित भएका थिए । उनले रियललाई महत्वपूर्ण ९ औं उपाधिसमेत दिलाएका थिए ।
तर, यस सिजन भने रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल’रे बाट बाहिरिसकेको छ । यस्तै ला लिगामा समेत रियल तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४