शुक्रबार, भदौ ५, २०८३

ओलीको कारबाहीमा परेका एमालेका १४ सांसदले पद जोगाउन सभामुख गुहारे

एमालेका १४ सांसदले आफूहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न संसद् सचिवालयलाई गुहारेका छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– एमालेका १४ सांसदले आफूहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न संसद् सचिवालयलाई गुहारेका छन्। एमालेले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। 

अर्याल होटलमा बुधबार बसेको नेपाल समूहको अनौपचारिक बैठकमा कारबाही रोक्न अनुरोध गर्ने निर्णय भएको थियो। त्यसपछि संयुक्त निवेदनसहित उनीहरु संसद् सचिवालय गएका छन्। उनीहरूले संसद् सचिवालयलाई बुझाएको पत्रमा आफूहरूमाथिको कारबाही गैरकानुनी र पार्टीको विधानविपरीत रहेको उल्लेख छ।

एमालेले नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा मंगलबार पत्र दर्ता गरेको थियो। पद खारेज गरिएएका माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ  मेटमणि चौधरी छन्।


प्रकाशित: Aug 18, 2021| 14:58 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...