शुक्रबार, भदौ ५, २०८३

अध्यादेश आएपछि पार्टीको नाम टुंगो लगायो नेपाल समूहले

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि उक्त समूह नयाँ पार्टी दर्ताका लागि जुटेको छ।

आज बसेको नेपाल समूहको बैठकले नामको टुंगो लगाएको एक केन्द्रीय सदस्यले जानकारी दिए। उनका अनुसार नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी रहनेछ। चुनाव चिन्हका लागि भने छलफल जारी छ। 

केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश राष्ट्रपतिले आजमात्रै जारी गरेकी छन्। 


प्रकाशित: Aug 18, 2021| 14:26 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...