शुक्रबार, भदौ ५, २०८३

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद् बैठकले निर्णय गरेर हिजो मंगलबार सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिले जारी गरेकी हुन्। 

अध्यादेशअनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा पार्टी फुटाउन सक्नेछन्। यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न सक्ने प्रावधान थियो। उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो। 

अध्यादेश जारी भएसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ। पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ।


प्रकाशित: Aug 18, 2021| 13:35 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...