आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘मेरी बास्सै’का टुप्पी भान्जा अब गायक, राजेश नाथको नयाँ गीत ‘एक्लै हो म’ मा बिना राउत

‘मेरी बास्सै’का टुप्पी भान्जा अब गायक, राजेश नाथको नयाँ गीत ‘एक्लै हो म’ मा बिना राउत

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं। अभिनेता तथा गायक राजेश नाथको स्वरमा रहेको नयाँ गीत ‘एक्लै हो म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। राजेश नाथकै शब्द, संगीत र अभिनय रहेको गीतको भिडियोमा उनी मोडल बिना राउतसँग रोमान्टिक अवतारमा देखिएका छन्। 

Machhapuchchhre

लामो समयदेखि अमेरिकामा बस्दै आएका राजेश नेपाल आएको अवसरमा छायांकन गरिएको भिडियोमा एक्लोपन, स्वतन्त्र जीवनशैली, प्रेम र रोमान्सका पक्षलाई समेटिएको छ। आफू एक्लै रहेको भावसँगै खुलेर जिन्दगी जिउने र प्रेमका रमाइला क्षणलाई गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ। राजेश र बिनाबीचका रोमान्टिक दृश्यले भिडियोमा आकर्षण थपेको छ।

भिडियोको निर्देशन युवा निर्देशक गौरव गिरीले गरेका हुन्। कलाकारिता र संगीतको मर्म बुझेर काम गर्ने निर्देशकका रूपमा परिचित गौरवले ‘एक्लै हो म’ लाई आफ्नो ड्रिम प्रोजेक्टका रूपमा लिएका छन्। पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा सक्रिय गौरवलाई सिर्जनात्मक काममा छनोट गर्ने निर्देशकका रूपमा पनि चिनिन्छ। 

महानायक राजेश हमाल, दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’ लगायतका कलाकारसँग काम गरिसकेका राजेशको कला यात्रा दुई दशकभन्दा लामो छ। उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ‘तितो सत्य’ बाट कला यात्रा सुरु गरेका थिए। सुरुमा स्पटब्वाई, लाइटम्यान र सहायक व्यवस्थापनमा काम गरेका उनले सानो भूमिकाबाट अभिनय यात्रा अघि बढाए। त्यसपछि ‘मेरी बास्सै’ मा ‘टुप्पी भान्जा’ का रूपमा दर्शकमाझ परिचित भए। ‘बैतडी बाजे’ लगायतका भूमिकाले पनि उनलाई दर्शकमाझ चिनायो।

‘सिस्नो पानी झ्याम्मै’ मा अभिनयसँगै लेखन र मुख्य सहायक निर्देशनमा काम गरेका राजेशले नेपालको पहिलो साइलेन्ट कमेडी ‘गुपचुप’ को लेखन तथा निर्देशनसमेत गरेका थिए। चलचित्रतर्फ ‘छ एकान छ’, ‘बिर्खेलाई चिन्छस्’ र ‘श्री ५ अम्बरे’ लगायतका चलचित्रमा काम गरेका उनले ‘मेरो स्कुल’ मा मुख्य अभिनय गरेका छन्। उनले देश तथा विदेशमा एक सयभन्दा बढी स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेका छन्।

‘एक्लै हो म’ गीतको एरेन्ज बिशम आचार्यले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। अनिल के. मानन्धरको छायांकन रहेको भिडियोको सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्। कोरियोग्राफी सञ्जु चौधरीको रहेको छ।

प्रकाशित: Nov 29, 2026| 17:24 आइतबार, मंसिर १३, २०८३