बिहीबार, मंसिर १०, २०८३

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

काठमाडौं- कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

Machhapuchchhre

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन मंसिर २४ गतेसम्म र बढीमा पुस १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पूर्ण आवेदन नपरे मंसिर २४ गतेसम्म अवधि थप हुनेछ। आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ।

प्रकाशित: Nov 26, 2026| 12:59 बिहीबार, मंसिर १०, २०८३