बिहीबार, मंसिर १०, २०८३

दुई वर्षभित्रै कर प्रणाली पूर्ण रूपमा डिजिटल बन्ने

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

काठमाडौं- मुलुकको कर प्रशासनलाई कागजी प्रक्रियाबाट मुक्त गर्दै पूर्ण रूपमा डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। विद्यमान कर प्रणालीमा व्यापक सुधार गर्दै दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको डिजिटल प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइने भएको हो।

Machhapuchchhre

यसका लागि आन्तरिक राजस्व विभागमा गठित ‘पीडीएफ ढाँचाबाट एक्सबीआरएल प्रणाली रुपान्तरण अध्ययन समिति’ले चार प्रमुख आधार स्तम्भसहितको विस्तृत प्रतिवेदन महानिर्देशक डा। भीष्मकुमार भुसालसमक्ष बुझाएको छ।विभागका उपमहानिर्देशक जनकराज शर्माको संयोजकत्वमा गठित समितिले हाल प्रचलनमा रहेको कागजी विवरण, विभिन्न अनुसूची र पीडीएफमा आधारित वित्तीय प्रतिवेदन प्रणालीलाई विस्थापन गरी मेसिनले पढ्न, प्रशोधन गर्न र विश्लेषण गर्न सक्ने डिजिटल प्रणाली विकास गर्न सुझाव दिएको हो।

समितिले अन्तर्राष्ट्रिय अभ्यास तथा ओईसीडी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक र नर्वेसहितका मुलुकले अवलम्बन गरेका कर प्रशासनका प्रणाली अध्ययन गरी सुधारको खाका तयार पारेको छ।संयोजक शर्माका अनुसार करदाताले आय विवरण वा कर विवरण फाइल गर्दा पेस तथा अपलोड गर्ने प्रणालीलाई ‘रिडेबल’ (मेसिनले पढ्न सक्ने) बनाउन खोजिएको छ। हाल पीडीएफमा विवरण भरेर बुझाउनुपर्ने बाध्यता रहेकोमा प्रणाली रिडेबल भएपछि करदाताले बुझाउने विवरण प्रणालीले नै पढ्न सक्ने छ। त्यही प्रणालीमा ई(बिलिङ र मालवाहक सवारीसाधन अनुगमन प्रणाली ९भीसीटीएस० लाई समेत आबद्ध गर्ने विभागको योजना छ। 

आर्थिक वर्ष नमिलेमा बिचमा गर्दा कतिपयले अघिल्लै आय विवरण र वित्तीय प्रतिवेदन बनाइसकेको हुने तथा लागू गर्दा अव्यवस्था हुन सक्ने देखिन्छ।उपमहानिर्देशक शर्माले यो प्रणाली आगामी २४ महिनाभित्र लागू गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए। आर्थिक वर्षको चक्र मिलाएर प्रणाली लागू गर्नुपर्ने भएकाले समयसीमा राखिएको उनको भनाइ छ।काठमाडौं। मुलुकको कर प्रशासनलाई कागजी प्रक्रियाबाट मुक्त गर्दै पूर्ण रूपमा डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। 

विद्यमान कर प्रणालीमा व्यापक सुधार गर्दै दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको डिजिटल प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइने भएको हो।यसका लागि आन्तरिक राजस्व विभागमा गठित ‘पीडीएफ ढाँचाबाट एक्सबीआरएल प्रणाली रुपान्तरण अध्ययन समिति’ले चार प्रमुख आधार स्तम्भसहितको विस्तृत प्रतिवेदन महानिर्देशक डा। भीष्मकुमार भुसालसमक्ष बुझाएको छ।

विभागका उपमहानिर्देशक जनकराज शर्माको संयोजकत्वमा गठित समितिले हाल प्रचलनमा रहेको कागजी विवरण, विभिन्न अनुसूची र पीडीएफमा आधारित वित्तीय प्रतिवेदन प्रणालीलाई विस्थापन गरी मेसिनले पढ्न, प्रशोधन गर्न र विश्लेषण गर्न सक्ने डिजिटल प्रणाली विकास गर्न सुझाव दिएको हो।

समितिले अन्तर्राष्ट्रिय अभ्यास तथा ओईसीडी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक र नर्वेसहितका मुलुकले अवलम्बन गरेका कर प्रशासनका प्रणाली अध्ययन गरी सुधारको खाका तयार पारेको छ।संयोजक शर्माका अनुसार करदाताले आय विवरण वा कर विवरण फाइल गर्दा पेस तथा अपलोड गर्ने प्रणालीलाई ‘रिडेबल’ (मेसिनले पढ्न सक्ने) बनाउन खोजिएको छ। हाल पीडीएफमा विवरण भरेर बुझाउनुपर्ने बाध्यता रहेकोमा प्रणाली रिडेबल भएपछि करदाताले बुझाउने विवरण प्रणालीले नै पढ्न सक्ने छ। त्यही प्रणालीमा ई–बिलिङ र मालवाहक सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई समेत आबद्ध गर्ने विभागको योजना छ। 

आर्थिक वर्ष नमिलेमा बिचमा गर्दा कतिपयले अघिल्लै आय विवरण र वित्तीय प्रतिवेदन बनाइसकेको हुने तथा लागू गर्दा अव्यवस्था हुन सक्ने देखिन्छ।उपमहानिर्देशक शर्माले यो प्रणाली आगामी २४ महिनाभित्र लागू गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए। आर्थिक वर्षको चक्र मिलाएर प्रणाली लागू गर्नुपर्ने भएकाले समयसीमा राखिएको उनको भनाइ छ।‘आर्थिक वर्ष नमिलेको अवस्थामा बीचमै प्रणाली लागू गर्दा कतिपय करदाताको आय विवरण र वित्तीय प्रतिवेदन बनिसकेको हुन सक्छ,’ उनले भने, ‘सबैलाई एकैपटक लागू गर्दा अप्ठ्यारो नपरोस् भनेर आर्थिक वर्ष मिलाएर लागू गर्ने योजना छ।

’समितिले विद्युतीय बीजक प्रणाली, डिजिटल वित्तीय विवरण, मानकीकृत कर लेखापरीक्षण फाइल र एपीआईमा आधारित विवरण दाखिलालाई कर प्रशासन रुपान्तरणका मुख्य आधारका रूपमा अघि सारेको छ।पहिलो आधारका रुपमा हाल सञ्चालनमा रहेको केन्द्रीय बीजक अनुगमन प्रणाली ९सीबीएमएस०लाई स्तरोन्नति गरी वास्तविक समयमा प्रमाणीकरण हुने संरचित विद्युतीय बीजक प्रणाली लागू गर्न सिफारिस गरिएको छ। 

उक्त प्रणालीलाई भीसीटीएससँग जोड्दा नक्कली बीजक नियन्त्रण र मालवस्तुको ओसारपसार अनुगमन प्रभावकारी हुने समितिको निष्कर्ष छ।त्यस्तै, लेखापरीक्षण गरिएका वार्षिक वित्तीय विवरण अनिवार्य रुपमा मेसिनले पढ्न सक्ने इनलाइन एक्सटेन्सिबल बिजनेस रिपोर्टिङ ल्याङ्ग्वेज ९आईएक्सबीआरएल० ढाँचामा पेस गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। यसबाट वित्तीय विवरणको स्वचालित विश्लेषण गर्न तथा सम्भावित कर जोखिम पहिचान गर्न सहज हुने बताइएको छ।कर परीक्षण तथा अनुसन्धानलाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउन स्ट्यान्डर्ड अडिट फाइल फर ट्याक्स ९एसएएफ(टी० प्रणाली लागू गर्न पनि समितिले सिफारिस गरेको छ। यो प्रणालीमार्फत करदाताका आवश्यक लेखा विवरण एउटै अन्तर्राष्ट्रिय मानकको ढाँचामा उपलब्ध गराउन सकिने प्रतिवेदनमा उल्लेख छ।यसैगरी, एपीआईमा आधारित विवरण दाखिला प्रणाली विकास गर्न सुझाव दिइएको छ। 

यसले करदाता पोर्टलमा मात्र निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै बजारमा उपलब्ध लेखा तथा वित्तीय सफ्टवेयरबाटै सीधै विभागको प्रणालीमा कर विवरण पेस गर्न सकिने शर्माले बताए।प्रस्तावित सुधारलाई दुई चरणमा कार्यान्वयन गर्ने कार्ययोजना अघि सारिएको छ। पहिलो चरणमा आवश्यक कानुनी तथा नीतिगत आधार निर्माण, स्टेरिङ कमिटी गठन, कर्मचारीको क्षमता विकास, सूचना प्रविधि पूर्वाधार तथा प्रणाली निर्माण र कर ट्याक्सोनोमी विकासलाई प्राथमिकता दिन भनिएको छ। यही चरणमा ठूला करदाताको जोखिममा आधारित कर परीक्षण प्रणालीलाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रस्ताव छ।

दोस्रो चरणमा भने विकसित प्रणालीलाई मध्यम तथा साना करदातासम्म विस्तार गरिने छ। यसबाट कर प्रशासन क्रमशः फेसलेस र कन्ट्याक्टलेस बन्दै जाने र करदाता तथा प्रशासनबीचको प्रत्यक्ष सम्पर्कसँगै प्रक्रियागत झन्झट घट्ने शर्माले जानकारी दिए।यो प्रणाली लागू भएपछि विवरण तयार गर्ने, दाखिला गर्ने र कर प्रशासनसँग सम्बन्धित प्रक्रिया पूरा गर्दा लाग्ने समय तथा खर्च घट्ने समितिको ठम्याइ छ। साथै नक्कली कर बीजकको प्रयोग नियन्त्रण, राजस्व चुहावट न्यूनीकरण र दोहोरो लेखा राख्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।डिजिटल प्रणालीबाट विवरण विश्लेषण गरी जोखिम पहिचान गर्न सकिने भएकाले कर परीक्षण अनुमान र परम्परागत प्रक्रियाभन्दा तथ्य र जोखिममा आधारित बन्ने छ। 

जसले कर प्रशासनमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता बढाउने छ।प्रस्तावित प्रणाली सफल बनाउन सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने औँल्याउँदै समितिले लेखा व्यवसायी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, सफ्टवेयर विकासकर्ता, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सुझाव दिएको छ।कार्यान्वयनका क्रममा सम्बन्धित पक्षको क्षमता विकास, प्राविधिक तयारी र आवश्यक समन्वयलाई समेत प्राथमिकता दिनुपर्ने प्रतिवेदनमा समेटिएको छ। यो व्यवस्थाले करदाताका वित्तीय प्रतिवेदन वा वित्तीय कारोबार जस्ता सबै विवरण रिडेबल हुने र प्रणालीले नै पढ्ने बताउँदै संयोजक शर्माले प्रणालीले पढिसकेपछि भोलिका दिनमा जोखिमको मूल्याङ्कन प्रणालीले नै गर्ने बताए।

‘बिल हेरेर कर छलेको छ कि छैन वा कर छुटेको छ कि छैन भनेर व्यक्तिले आफैँ हेर्नुपर्ने अवस्थाको सट्टा प्रणालीले नै जोखिम क्षेत्रको संकेत गर्ने र रातो झण्डा देखाउन सक्छ,’ उनले भने।

यो लागू भए भोलि कर अनुसन्धान गर्न, कर परीक्षण गर्न र कर छुटेको पत्ता लगाउन ठूलो सहयोग पुग्ने उनले बताए। उनका अनुसार पहिले नै करदाताको प्रतिवेदन, बिलको ई(बिलिङ लिङ्कबाट कारोबार र भीसीटीएसमा प्रविष्ट आन्तरिक ओसारपसारका विवरण प्रणालीले हेर्ने छ।

करदाताले विभागको प्रणालीमा वार्षिक तथा मासिक रूपमा बुझाउने कर विवरण र वित्तीय प्रतिवेदन पनि प्रणालीले नै पढ्ने उनले बताए। प्रणालीले भित्रभित्रै पढेपछि त्यसको विश्लेषण पनि प्रणालीले नै गर्न सक्ने छ।

अहिले पीडीएफमा हुने र आय विवरण मात्र बुझाइने भएकाले प्रणालीले भित्र पस्न नसक्ने र कर अधिकृतले खोलेर हेर्नुपर्ने उनले बताए। त्यसको सट्टा मानवीय संलग्नताभन्दा अगाडि नै प्रणालीले जोखिम पत्ता लगाउने भएकाले कुनै जोखिम नछुट्ने र भोलि सही रूपमा राजस्व परिचालन हुने उनको भनाइ छ।

प्रकाशित: Nov 26, 2026| 12:21 बिहीबार, मंसिर १०, २०८३