मंगलबार, मंसिर ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६०, आगामी सिजनमा पनि सहकार्य निरन्तरता

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६०, आगामी सिजनमा पनि सहकार्य निरन्तरता

 |  मंगलबार, मंसिर ८, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ८, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सरले पल्सर एन१६० मोटरसाइकल प्रदान गरी सम्मान गरेको छ। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेको हो।

Machhapuchchhre

प्रतियोगिताभर खेलाडीको हौसला बढाउने उद्देश्यले बजाज पल्सरले 'पल्सर पावर प्ले च्याम्पियन' अभियान समेत सञ्चालन गरेको थियो। यो अभियानअन्तर्गत हरेक खेलका सुरुवाती ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो, जसले खेलाडीको मनोबल उच्च राख्नुका साथै खेलको रोमाञ्चकतासमेत थप बढाएको थियो।

यसैगरी, पल्सर पावर प्ले प्रेडिक्शन गेममार्फत क्रिकेट समर्थकहरूले देखाएको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई अझ रोचक बनाएको थियो। उक्त प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान बनाउन सफल सहभागी तथा स्मार्टवाच विजेताहरूलाई बजाज पल्सरले बधाई दिएको छ।

प्रतियोगितालाई भव्य र सफल बनाउन भूमिका खेल्ने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा सम्पूर्ण क्रिकेट समर्थकहरूप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ। नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासमा टेवा पुऱ्याउँदै नयाँ प्रतिभाको पहिचान, उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउने लक्ष्यसहित बजाज पल्सरले एनपीएलको आगामी सिजन ४ र ५ मा समेत आफ्नो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Nov 24, 2026| 11:50 मंगलबार, मंसिर ८, २०८३