शुक्रबार, मंसिर ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज हरिबोधिनी एकादशी, तुलसीको विधिपूर्वक विवाह गरिँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विधिपूर्वक विवाह गरिँदै

 |  शुक्रबार, मंसिर ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ४, २०८३

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्ममा विशेष महत्त्वका साथ लिने गरिन्छ।

Machhapuchchhre

एकादशीमध्ये सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिने भएकाले यसलाई जनजिब्रोमा ठूली एकादशी पनि भन्ने गरिन्छ। धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुन्छन्। चार महिनापछि भगवान् विष्णु जागा हुने विश्वासका साथ यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाह गर्ने परम्परा पनि छ। यस अवसरमा भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र तुलसीको विवाह गराउने धार्मिक चलन रहेको छ। हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मठ सजाएर विधिपूर्वक पूजा तथा विवाह सम्पन्न गर्ने गर्छन्।

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा तुलसीलाई अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै आयुर्वेदमा समेत तुलसीको विशेष स्थान रहेको छ। यही कारण हिन्दु धर्मावलम्बीहरूले घरको आँगनमा तुलसीको मठ निर्माण गरी नियमित रूपमा पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्।

सनातन परम्पराअनुसार प्रातःकाल उठेर तुलसीमा जल अर्पण गर्ने, पूजा गर्ने र नमन गर्ने चलन छ। जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा समेत तुलसीको पात तथा बिरुवाको प्रयोग गरिन्छ। पूजाआजा, धार्मिक अनुष्ठान र शुभकार्यमा तुलसीको प्रयोगलाई विशेष पवित्र मानिन्छ।

प्रकाशित: Nov 20, 2026| 09:05 शुक्रबार, मंसिर ४, २०८३