काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आए पनि चाडपर्वको समय र उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले हाललाई पुरानै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई नै यथावत राख्ने निर्णय गरेको हो। मूल्य यथावत राख्दा आगामी १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निगमले कायम गरेको मूल्यसूचीअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा यी इन्धनहरूको मूल्य प्रतिलिटर १९९ रुपैयाँ रहेको छ भने तेस्रो वर्गमा समेटिएका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ।
चाडपर्वको यस संवेदनशील बेलामा उपभोक्तालाई थप आर्थिक भार नpरोस् भन्ने मुख्य उद्देश्यका साथ मूल्यमा कुनै पनि वृद्धि नगरिएको निगमले स्पष्ट पारेको छ।