सोमबार, कात्तिक ३०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

 |  सोमबार, कात्तिक ३०, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३०, २०८३

काठमाडौं- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ। प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ।

Machhapuchchhre

शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइरहेका छन्। आइतबार भएको एक प्रदर्शनमा सहभागीहरू लाठी र खुकुरीजस्ता धारिला घरेलु हतियार बोकेर सडकमा उत्रिएका थिए।

बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार प्रदर्शनकारीले प्रहरीको सशस्त्र बख्तरबन्द गाडी (एपीसी) र प्रहरी बिटमा तोडफोड गरेका छन्। उनीहरूले जुलाई स्मारक र हादी स्क्वायरमा राखिएका शिलालेखसमेत क्षति पु¥याएका छन्।

स्थिति नियन्त्रणमा लिन बंगलादेश सरकारले गोपालगञ्जमा सीमा सुरक्षा बल (बीजीबी) का ६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ। बीजीबीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। अपदस्थ प्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि उनको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका गतिविधि बढेको बताइएको छ।

यसैबीच, बंगलादेशका कानुनमन्त्री एमडी असदुज्जमानले हसिना कानुनी प्रक्रियाअन्तर्गत सुपुर्दगी सन्धिमार्फत मात्रै स्वदेश फर्किन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्धारित समय समाप्त भएपछि ढिलाइ माफी दिएर पुनरावेदन गर्ने कानुनी आधार नरहेको उनको भनाइ छ।

उनले सन् १९७३ मा शेख मुजिबुर रहमानको शासनकालमा संविधान संशोधन गरी मानवताविरुद्धको अपराधमा अभियुक्त तथा दोषी ठहर भएका व्यक्तिले मौलिक अधिकारको दाबी गर्न नसक्ने व्यवस्था गरिएको पनि उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक अमिनुल इस्लामले भने फैसलाको पूर्णपाठ प्रकाशित भएको ३० दिनभित्र पुनरावेदन गर्न सकिने व्यवस्था रहेको बताएका छन्।

सन् २०२५ नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२४ जुलाईको जनविद्रोहका क्रममा भएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। उक्त मुद्दाको फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो। एएनआई

प्रकाशित: Nov 16, 2026| 11:01 सोमबार, कात्तिक ३०, २०८३