आइतबार, कात्तिक २९, २०८३

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

गुल्मी। सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध बनेको छ। उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

Machhapuchchhre

सडक सञ्चालन भएको तीन दिनपछि पुन: माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। 

अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए। 
     
सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले आज राति पहिरो हटाउन सम्भव नभएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

सडक अवरुद्ध भएपछि अहिले उक्त करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ तथा पर्वतसम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। उक्त सडक जिल्लाको व्यस्त सडकअन्तर्गत पर्दछ।

प्रकाशित: Nov 15, 2026| 20:44 आइतबार, कात्तिक २९, २०८३