शुक्रबार, कात्तिक २७, २०८३

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ। यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ।

Machhapuchchhre

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको थियो। त्यसपछि भने एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएको हो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ५५ रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुनचाँदीको मूल्य घटेको थियो। न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बर डेलिभरीका लागि सुनको वायदा मूल्य २.८८ प्रतिशत घटेर प्रतिऔंस ३ हजार ८ सय ८५.३० अमेरिकी डलरमा झरेको थियो।

त्यस्तै, चाँदीको वायदा मूल्य ३.७२ प्रतिशत घटेर प्रतिऔंस ५०.०६५ अमेरिकी डलरमा कारोबार बन्द भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले नेपाली बजारको मूल्यमा पनि प्रभाव पारेको देखिन्छ।

प्रकाशित: Nov 13, 2026| 13:26 शुक्रबार, कात्तिक २७, २०८३