आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

 |  आइतबार, कात्तिक २२, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २२, २०८३

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो।

Machhapuchchhre

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिने धार्मिक विश्वास छ। यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक मान्यता रहेको छ। त्यसैले कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा रहिआएको छ।

आज बिहानैदेखि घरपालुवा तथा सडकमा रहेका कुकुरलाई नुहाइदिएर टीका र माला लगाइदिने तथा मिठा परिकार खुवाउने गरिन्छ। कुकुरलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्दा यमराज प्रसन्न हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

कुकुरलाई सुरक्षा दिने, अपराध अनुसन्धानमा सहयोग गर्ने तथा मानिसको साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरका रूपमा पनि लिइन्छ। विशेषगरी घरको सुरक्षा, खोज तथा उद्धार र सुरक्षाकर्मीका काममा कुकुरको योगदान महत्वपूर्ण मानिन्छ।

तिहारका पाँच दिनमध्ये काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका गरी विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पर्व मनाइन्छ।

प्रकाशित: Nov 08, 2026| 07:12 आइतबार, कात्तिक २२, २०८३