काठमाडौं- कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ।
अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्। यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ।
तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले नेपालमा दोस्रो पनि आक्रामक कमाइ गर्ने सङ्केत गरेको छ। फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने बुझिएको छ।
नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्।
