काठमाडौं- शाओमी नेपालले आफ्नो चाडपर्व लक्षित 'शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे' योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरूको घोषणा गरेको छ। कम्पनीले सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि 'रेडमी बड्स ६ प्ले' का दैनिक विजेता र 'रेडमी वाच ६ एक्टिभ' का साप्ताहिक विजेताहरू सार्वजनिक गरेको हो।
यस योजनाअनुसार हरेक दिन आठ जना भाग्यशाली विजेताले 'रेडमी बड्स ६ प्ले' र साता Kar को रूपमा १० जनाले 'रेडमी वाच ६ एक्टिभ' प्राप्त गर्नेछन्। साथै, बम्पर उपहारतर्फ चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन्।
विशेष गरी रेडमी नोट १५ सिरिजको प्रवर्द्धनका लागि ल्याइएको यस योजनामा ग्राहकले टाइटन टफ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्न सक्नेछन् भने शून्य प्रतिशत ईएमआई सुविधामा पनि शाओमीका स्मार्टफोनहरू किन्न सकिनेछ। आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने यस योजनामा सहभागिता जनाएर लाभ लिन शाओमी नेपालले सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ।