शुक्रबार, कात्तिक २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली हिप-हप संगीतमा नयाँ तरङ्ग: टिभिएस को मुख्य प्रायोजनमा ‘हसल बाई नेपहप’ नेपाल आउँदै

नेपाली हिप-हप संगीतमा नयाँ तरङ्ग: टिभिएस को मुख्य प्रायोजनमा ‘हसल बाई नेपहप’ नेपाल आउँदै

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

काठमाडौं- नेपाली हिप-हप संगीत क्षेत्रले एउटा नयाँ उचाइ लिने भएको छ। भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ (MTV Hustle) को नेपाली फ्रेन्चाइजका रूपमा ‘हसल बाई नेपहप’ (Hustle by NepHop) नेपालमा आयोजना हुन लागेको हो। यस प्रिमियम र्‍याप रियालिटी शोको मुख्य प्रायोजक (Title Sponsor) का रूपमा युवापुस्तामाझ लोकप्रिय ब्रान्ड TVS NTORQ आबद्ध भएको छ।

Machhapuchchhre

मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा भित्र्याएको यो कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ। अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको अवधारणामा निर्माण गरिने भए तापनि यसको मूल मर्म नेपाली कलाकार, स्थानीय संस्कृति, मौलिक कथा र नेपालको आफ्नै हिप–हप पहिचानमा आधारित रहने आयोजकले जनाएका छन्।

यस कार्यक्रमले स्थापित र्‍यापरहरूसँगै कुना-काप्चामा रहेका नयाँ पुस्ताका प्रतिभाहरूलाई आफ्नो कला र सिर्जनशीलता राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। प्रतिस्पर्धा र मेन्टरसिपलाई जोड दिँदै ‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल भावनाका साथ अघि बढ्ने यस शोले नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको छ।

युवापुस्ताको ऊर्जा, आत्मविश्वास र नयाँ सोचलाई प्रतिनिधित्व गर्दै TVS NTORQ ले नेपाली हिप–हप संस्कृतिलाई थप प्रोत्साहन गर्न यो सहकार्य गरेको हो। कार्यक्रमको प्रसारण मिति र थप विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने आयोजकले बताएका छन्।

प्रकाशित: Nov 06, 2026| 10:52 शुक्रबार, कात्तिक २०, २०८३