बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुस, युक्रेन र अमेरिकाबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुने

रुस, युक्रेन र अमेरिकाबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुने

 |  बिहीबार, कात्तिक १९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं- रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप एक साताभित्र रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने भएको छ।

Machhapuchchhre

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको छलफलपछि यस्तो जानकारी दिएका हुन्। उनीहरूबीच करिब डेढ घण्टा वार्ता भएको थियो।

जेलेन्स्कीका अनुसार बेल्जियमको ब्रसेल्समा युक्रेनको पुनर्निर्माण र युद्धपछिको सुरक्षा प्रत्याभूतिबारे पनि अमेरिका, युरोपेली संघ, नेटो तथा विश्व बैंकका प्रतिनिधिसँग छलफल भएको छ।

उनले रुसका आक्रमणबाट नागरिकको सुरक्षा गर्न अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रणालीका प्रतिरक्षा सामग्री उपलब्ध गराउन पनि आग्रह गरेका छन्। युद्ध अन्त्यका लागि युक्रेन कूटनीतिक पहल अघि बढाउन तयार रहेको उनले बताएका छन्।

प्रकाशित: Nov 05, 2026| 09:38 बिहीबार, कात्तिक १९, २०८३