काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजारमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ। आज चाँदी प्रतितोला ३६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी ३७२० रुपैयाँमा कारोबार भएको थियो।