सोमबार, कात्तिक १६, २०८३

इरानमाथि छिटो आक्रमण गर्न ट्रम्पलाई नेतान्याहूको दबाब

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि नयाँ सैन्य आक्रमण गर्न आग्रह गरेका छन्।

समाचार संस्था एक्सियोसका अनुसार इजरायलले अमेरिकाले इरानसँग कूटनीतिक समाधान खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

रिपोर्टअनुसार शनिबार ट्रम्प र नेतान्याहूबीच टेलिफोन वार्ता भएको थियो। वार्तामा इरानसँगको अमेरिकी छलफलमा भएको प्रगति र पुनः सैन्य कारबाही सुरु गर्ने सम्भावनाबारे कुराकानी भएको थियो। आइतबार ट्रम्पले उक्त वार्ता निकै राम्रो भएको बताएका थिए। तर, वार्ताका विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।

ट्रम्प तत्काल इरानसँग वार्ता जारी राख्ने पक्षमा देखिएका छन् भने नेतान्याहू सैन्य कारबाहीको पक्षमा रहेको रिपोर्टमा उल्लेख छ। यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी सुरक्षा अधिकारीलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन्। कतारले पनि अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता गराउन मध्यस्थता गरिरहेको छ।

यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन्। उनले वार्ताको प्रगति अमेरिकाले इरानका प्रश्नहरूको जवाफ दिने तरिकामा निर्भर रहने उल्लेख गर्दै सैन्य विकल्पभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

प्रकाशित: Nov 02, 2026| 10:18 सोमबार, कात्तिक १६, २०८३