आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो।

बैंकको खुद नाफा भने ४ दशमलव ३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

इम्पेरमेन्ट चार्ज करिब २२ प्रतिशत घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेपछि खुद नाफा बढेको हो। गत वर्ष यस्तो चार्ज १ अर्ब १८ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा भने साढे १६ प्रतिशत घटेको छ।

यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपात ६ दशमलव ९९ प्रतिशतबाट बढेर ९ दशमलव ८१ प्रतिशत पुगेको छ। पहिलो त्रैमाससम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा रहेको छ।

प्रकाशित: Nov 01, 2026| 12:35 आइतबार, कात्तिक १५, २०८३