आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) सेवालाई थप प्रभावकारी र सहज बनाउन विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग सम्झौता गरेको छ।

बैंकले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई विस्तार गर्ने उद्देश्यसहित ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको हो।

यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरूले विश्वका विभिन्न मुलुकमा सहजरूपमा रकम पठाउने नयाँ र भरपर्दो विकल्प पाउनेछन्। प्रयोगकर्तामैत्री (युजर फ्रेन्डली) यस डिजिटल प्रणालीको प्रयोग गरी ग्राहकहरूले कुनै झन्झटबिना सुरक्षित र द्रुत गतिमा ‘क्रस-बोर्डर’ रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ।

भिजाको यो ‘डाइरेक्ट टु एकाउन्ट’ प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको विश्वस्तरीय प्रणाली हो। यस साझेदारीले अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई अझ बढी सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउने बैंकको विश्वास छ।

डिजिटल वित्तीय सेवामा निरन्तर नवप्रवर्तन गर्दै आएको एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना १९७ वटा शाखा, १७६ वटा एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Nov 01, 2026| 12:28 आइतबार, कात्तिक १५, २०८३