काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सबै भन्दा बढी आर्थिक वृद्धिदर बाग्मती र कम मधेश प्रदेशको भएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन अनुसार उपभोक्ता मूल्यमा बाग्मतीको बढी र कम मधेशको रहेको हो।
गत आवमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत कायम भएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२४ प्रतिशत र ७६.५३ प्रतिशत रहने अनुमान राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष २०८१/०८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान रहेको छ। गत आवको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ।
कम आर्थिक वृद्धिद्धर भएको मधेश प्रदेशको गत आवमा आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान कायम भएको छ। गत आवमा कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। गत आवमा कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको थियो। चालु आर्थिक वर्ष २०८३÷०८४ मा नेपालको आर्थिक वृद्धिदर ३.८५. प्रतिशत रहने अनुमान छ।
गत आवमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ। गत आवमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (३४.९७ प्रतिशत तथा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१४ प्रतिशत) रहने अनुमान छ। गत आवमा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू.एस. डलरमा ९३४ हुने अनुमान रहेको छ।
यसैगरी, गत आवमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २.७२ प्रतिशत कायम भएको छ। राष्ट्रिय तथ्याङ कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा उपभोक्ता मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा यस्तो आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको कार्यालयको अनुमान छ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योग्दान २४.०३ प्रतिशत, उद्योगको १४.१६ प्रतिशत र सेवाको ६१.८१ प्रतिशत रहने अनुमान छ। गत आवमा आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा ) ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ। गत आवमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३२.४७ प्रतिशत, १६.६७ प्रतिशत र ४९ ८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
गण्डकी प्रदेशको गत आवमा आर्थिक वृद्धिदर उपभोक्ता मुल्यमा ५.०१ प्रतिशत कायम भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार गत आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। गत आवमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २६.३ प्रतिशत, १८.४ प्रतिशत र ५५.३ प्रतिशत रहने अनुमान छ।
यस्तै, लुम्बिनी प्रदेशको गत आवमा आर्थिक वृद्धिदर २.८७ प्रतिशत कायम भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष २०८१÷०८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान रहेको छ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.७६ प्रतिशत, १५.३२ प्रतिशत र ५४.९२ प्रतिशत रहने अनुमान प्रतिवेदनमा उल्लेख छ।
कर्णाली प्रदेशको गत आवमा आर्थिक वृद्धिदर २.९४ प्रतिशत कायम भएको छ। राष्ट्रिय तथ्याङ्ग कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ भने आर्थिक वर्ष २०८१÷०८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान छ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५२ प्रतिशत, १०.०७ प्रतिशत २५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत कायम भएको छ। आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष २०८१÷०८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको संशोधित अनुमान छ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.०३ प्रतिशत, १४.१६ प्रतिशत र ६१.८१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आवमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्व ६३ अर्ब रुपैयाँ र आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरेको छ।