शनिबार, कात्तिक १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आवको तीन महिनामा वाणिज्य बैंकमा थपियो साढे दुई खर्ब निक्षेप

चालू आवको तीन महिनामा वाणिज्य बैंकमा थपियो साढे दुई खर्ब निक्षेप

 |  शनिबार, कात्तिक १४, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूको निक्षेप दुई खर्ब ५३ अर्ब ७ करोड रुपैयाँले बढेको छ। 

चालू आवको साउनदेखि असोजमसान्तसम्म २० वाणिज्य बैंकको निक्षेप उक्त रकमले बढेको हो। 

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकहरूको निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। गत असार मसान्तसम्म ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा असोज मसान्तसम्म आइपुग्दा बढेर ७७ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। 

असोज मसान्तसम्म सबैभन्दा धेरै निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ। तीन महिनाको अवधिमा बैंकको निक्षेप ३५ अर्ब ३० करोड रुपैयाँले बढेर सात खर्ब १६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो। गत असार मसान्तमा बैंकको निक्षेप ६ खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ थियो। निक्षेपको आकारका आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकमा सात खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ निक्षेप पुगेको छ। असार मसान्तमा सात खर्ब ४४ करोड रुपैयाँ रहेको बैंकको निक्षेप तीन महिनामा १५ अर्ब ९५ करोड रुपैयाँले बढेको हो। निक्षेप वृद्धिको आधारमा भने नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। 

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब ५० करोड रुपैयाँले बढेर ६ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ३५ अर्ब ३० करोड, नेपाल एसबीआई बैंकको २६ अर्ब ७० करोड, कुमारी बैंकको २५ अर्ब ६० करोड र एभरेस्ट बैंकको २१ अर्ब २४ करोड रुपैयाँले वृद्धि भएको छ। 

यसैगरी, नेपाल बैंकको निक्षेप १९ अर्ब ६७ करोड, लक्ष्मी सनराइज बैंकको १६ अर्ब २४ करोड, एनआईएमबीको १४ अर्ब ४० करोड, माछापुच्छ्रे बैंकको नौ अर्ब ११ करोड र सिटिजन्स बैंकको आठ अर्ब ९१ करोड रुपैयाँले बढेको छ। त्यस्तै, सानिमा बैंकको निक्षेप ६ अर्ब ४२ करोड, एनएमबी बैंकको ६ अर्ब तीन करोड, सिद्धार्थ बैंकको पाँच अर्ब ९१ करोड, हिमालयन बैंकको ४ अर्ब १२ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको दुई अर्ब पाँच करोड र प्रभु बैंकको एक अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको छ। 

तर, सबै बैंकको निक्षेपमा भने वृद्धि देखिएको छैन। समीक्षा अवधिमा प्राइम कमर्सियल बैंकको निक्षेप तीन अर्ब ९२ करोड रुपैयाँले घटेको छ। त्यस्तै, कृषि विकास बैंकको तीन अर्ब तीन करोड र एनआईसी एसिया बैंकको दुई अर्ब ९३ करोड रुपैयाँले निक्षेप घटेको तथ्यांकले देखाएको छ।

प्रकाशित: Oct 31, 2026| 08:47 शनिबार, कात्तिक १४, २०८३