काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज शुक्रबार नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४८ कम्पनिका २ करोड २८ लाख ६२ हजार५५४ कित्ता शेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मा कारोबार भएको थियो। आज विकास बैंक, म्युचुअल फण्ड, निर्जीव बीमा अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर १२.११ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी मेन्छियाम हाइड्रोको शेयर ४.०८ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३० करोड ३९ लाख बराबरको कारोबार भएको छ।