सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडलाई एएफसी बोर्नमाउथले ३–० गोलले पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली बोर्नमाउथसँग युनाइटेडले लज्जास्पद हार बेहोरेको हो। 

बोर्नमाउथका लागि रयानले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि मार्कस टाभर्नियरले गोल थपेपछि पहिलो हाफमा बोर्नमाउथ २–० ले अघि रह्यो। 

दोस्रो हाफमा पनि बोर्नमाउथले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो। इभानिल्सनले ७१औँ मिनेटमा गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरेका थिए। 

यस हारले म्यानचेस्टर युनाइटेडमाथि थप दबाब बढाएको छ। यसअघि च्याम्पियन्स लिगमा कोमोसँग ४–१ ले पराजित भएको युनाइटेडले बोर्नमाउथविरुद्ध पनि गोल गर्न सकेन। प्रशिक्षक माइकल क्यारिकको रणनीति र टोलीको प्रदर्शनमाथि समेत प्रश्न उठिरहेका बेला यो हार युनाइटेडका लागि अर्को ठूलो धक्का बनेको छ।

यो खेलपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा ७ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ। त्यस्तै बोर्नमाउथको भने यो जितपछि ८ खेलमा ९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ।

प्रकाशित: Oct 26, 2026| 08:30 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्