आइतबार, कात्तिक ८, २०८३

एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने

 |  आइतबार, कात्तिक ८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ८, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ। 

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो। 

त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको  छ।

यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए। त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए। 

प्रकाशित: Oct 25, 2026| 16:51 आइतबार, कात्तिक ८, २०८३
प्रतिक्रिया दिनुहोस्