काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्री पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार आलम ३ हजार ३४७ मत प्राप्त गर्दै सहमहामन्त्रीमा विजयी भएका हुन्।
आलमका निकटतम प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरे।
त्यस्तै, मुस्लिम खुला केन्द्रीय सदस्य पदमा डा. अताबुल मंसुरी (३,३१७ मत), मो. इर्शाद अन्सारी (१,८६३ मत) र अब्दुल रज्जाक गद्दी (१,७११ मत) निर्वाचित भएका छन्।
मुस्लिम खुलातर्फका अन्य उम्मेदवारहरू ईश्तियाक अहमद खाँले १,५४४, जमिल अख्तर आजादले १,४५२, जम्सेर अलिमियाले १,२०३, छोटे मियाँ अन्सारीले ९२५ र महमद जवारदिन मिया (मुन्ना) ले ८१५ मत पाएका छन्। यस्तै, आवेद हुसेनले ७२२, मो. मुकिम खानले ६९३, सहरम राउत गदीले ६७९, सलाउ दिन मियाँले ६७५, सामुहम्मद मियाले ६३०, रहमतुल्ला मियाले ५६३ र मोहम्मद अकरमले ४५२ मत प्राप्त गरे।
यसैगरी, मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन र सकिना खातुन विजयी भएका छन्। जमिलाले २ हजार ८३५ मत र सकिनाले २ हजार ११६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
सोही पदका अन्य प्रतिस्पर्धी यासिबा रहमानले १,८२७, जमिला मियाँले १,७१८, जन्नतुन निसा धुनियाले १,०६३ र नजबुल खानले ६९८ मत ल्याएका छन्।
यससँगै कांग्रेस महाधिवेशनअन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूको अन्तिम मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भएको छ।