बुधबार, असोज २८, २०८३

भारतको बिहारमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ। मंगलबार राति  भएको दुर्घटनामा अधिकांश बालबालिका र किशोरी रहेको बताइएको छ।

भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्। बिहार सरकारले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ राहत दिने जनाएको छ।

प्रकाशित: Oct 14, 2026| 10:19 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्