काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ। आज सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५४ कम्पनिका एक करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर पनि १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ६.२९ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २५ करोड १९ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको १९ करोड ८० लाख बराबरको कारोबार भएको छ।