बुधबार, असोज २१, २०८३

मुगुमा पहिरोले बोलेरो जिप पुरियो

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।

पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खस्ने समयमा जिपमा कोही पनि सवार थिएनन्। समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो। पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 07, 2026| 13:57 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्