काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।
उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए। डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।