मंगलबार, असोज २०, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन:

किशोरसिंह राठौरको सभापतिमा उम्मेदवारी दिने घोषणा

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने प्राथमिकता रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने उल्लेख गरे। 

उनले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका थिए।

काँग्रेस सभापतिमा वर्तमान सभापति गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्। काँग्रेसको नयाँ नेतृत्वको लागि आज ४ बजेसम्म उम्मेदवारी दर्ता हुदैछ भने विहिबार मतदान हुने तालिका छन्।

प्रकाशित: Oct 06, 2026| 13:37 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्