मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक-‍दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानमा तथा  तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ। 

त्यस्तै राति देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  देशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

प्रकाशित: Oct 06, 2026| 06:14 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्