काठमाडौं- नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को आन्दोलनलाई विश्वभर सत्ता परिवर्तनको नेपाली भर्सन भएको टिप्पणी गरेका छन्।
शुक्रबार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बादलले फागुन २१ को निर्वाचन परिणाम भदौ २३ र २४ का घटनाको बाई प्रडक्ट भएको भन्दै भदौ २३ र २४ को आन्दोलन विश्वभर सत्ता परिवर्तनको सुनियोजित नेपाली भर्सन भएको टिप्पणी गरेका हुन्।
संसदमा बोल्दै नेता बादलले संसदको चालु अधिवेशनमा सबै विधेयक एकतर्फी रुपमा पारित गरेको भन्दै विधि निर्माणमा रास्वपाले आफ्नो एकाधिकार ठानेको आरोप लगाए।
उनले भने- '६ महिनामा प्रतिनिधि सभा सरकारको प्रति छाया मात्र बन्यो। हामीले ६ महिना सत्ता पक्षको ढ्याप ढ्याप सुन्यौं, विपक्षीको आक्रोश देख्यौं, र पछिल्लो समय सत्ता पक्षमा आशाको किरण देखिएको छ, सभामुखले प्रधानमन्त्रीमाथि रुलिङ गर्ने कोसिस गर्नु भएको छ, सत्ता पक्षका कतिपय सांसदहरुले सरकारको हुकुमी शासन शैलीप्रति प्रश्न खडा गर्नुभएको छ।'
उनले बालेन्द्र शाहको सरकारले फासिवादी शासनको ६ महिना पुरा गरेको भन्दै पुर्ब प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेर कार्यकाल शुरु गरेर पछिल्लो पटक पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेको बताउदै सरकारको आलोचना गरे।
नेता बादलले प्रतिनिधि सभा पुन; स्थापनाको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको उल्लेख गर्दै आफुहरुको राजनीतिक अडान अहिले पनि कायम रहेको स्पष्ट गरे।