शुक्रबार, असोज १६, २०८३

आज विश्व मुस्कान दिवस मनाइँदै

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- आज विश्व मुस्कान दिवस। प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ।

१९६३ मा हार्वे बल नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाए। बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए। जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक पक्षलाई स्वस्थ बनाउनमा मद्दत पुग्छ भन्ने उनको भनाइ थियो। उनले विश्वभर मुस्कान फैलाउने उदेश्यका साथ उक्त मुस्कान अङ्कित चित्र बनाएपनि मानिसको अनुहारबाट मुस्कान हराउँदै गयो। त्यसपछि १९९९ मा औपचारिक रुपमा मुस्कान दिवस मनाउने घोषणा गरियो। ताकी हामीलाई मुस्कुराउनका लागि एक विशेष दिन रहोस।

विभिन्न अध्ययनहरूका अनुसार नवजात शिशुले दिनमा ९५ देखि सय पटक मुस्कुराँछ। जबकी ऊ वयस्क हुँदै गर्दा त्यो सङ्ख्या निकै घटेर जान्छ र दिनमा ४० वा ५० पटक मात्रै मुस्कुराउँछ। त्यसमा पनि कतिपय मुस्कान बस देखावटी मात्रै हुन्छ।

मुस्कुराउनु र मुस्काइरहनु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइन्छ। मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक रहेको छ।

मुस्कुराउनाले जीवनमा सकारात्मकता रहिरहन्छ भने यो शरीरमा राम्रो ब्लड सर्कुलेशनका लागि फाइदाजनक हुन्छ। बेलायतमा गरिएको एक अध्ययन अनुसार बेलायतमा बसोबास गर्ने युवाहरू एक दिनमा औसतमा ११ पटक मुस्कुराउने गर्छन्। अर्थात् प्रत्येक व्यक्ति आफ्नो जीवनमा २ लाख ३२ हजारपटक भन्दा बढी मुस्कुराउँछन्।

मिचिगन विश्वविद्यालयको अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ। त्यसकारण भागदौडको यो जीवनमा बिना कारण पनि मुस्कुराउन आवश्यक रहेको छ।

प्रकाशित: Oct 02, 2026| 07:58 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्